सडकले निलेका जिन्दगीहरू
दुर्घटनाले व्यक्तिमात्र होइन, सिंगो परिवारकै भविष्य नै समाप्त पारेका छन् । कमाउने सदस्य गुमेका छन्, बालबालिका टुहुरा भएका छन् । नदीले निलेका बस र परिवारै सकिएका कथाहरू स्मृतिबाट कहिल्यै नमेटिने छाप बनेर बसेका छन् ।
दुर्घटनाले व्यक्तिमात्र होइन, सिंगो परिवारकै भविष्य नै समाप्त पारेका छन् । कमाउने सदस्य गुमेका छन्, बालबालिका टुहुरा भएका छन् । नदीले निलेका बस र परिवारै सकिएका कथाहरू स्मृतिबाट कहिल्यै नमेटिने छाप बनेर बसेका छन् ।
नेपालमा जनधनको ठूलो क्षतिको एउटा प्रमुख कारण सडक दुर्घटना हो। नेपाल संसारकै सर्वाधिक दुर्घटना हुने देशमा पर्छ। सडक दुर्घटनाबाट गत एक दशकमा २४ हजारभन्दा बढीको ज्यान गयो। पछिल्लो पाँच वर्षमा २ हजार ६६१ पैदलयात्रुको मृत्यु भएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटनाबाट हुने चोटपटक हो। विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युको ९२ प्रतिशत हिस्सा निम्न तथा मध्यम आय भएका देशहरूमा हुन्छ।
नेपालमा दैनिक सात जनाको ज्यान लिइरहेको दुर्घटनाको असर मानवीय क्षतिमा सीमित छैन; यसबाट सामाजिक, आर्थिक र स्वास्थ्य क्षेत्रसमेत प्रत्यक्ष रूपमै प्रभावित छन्। कतिपयले दुर्घटनाको सम्पूर्ण दोष चालकलाई दिने गर्छन्। तर यथार्थमा सुरक्षित यात्रामा सडक, सवारीसाधन र प्रयोगकर्ता (चालक, यात्री, पैदलयात्रु) जिम्मेवार हुन्छन्।
यी तीन पक्षसँग जोडिएका व्यक्तिहरूलाई सजग, सचेत र आवश्यक परे कारबाही गर्ने दायित्व राज्यको हो। सुरक्षित यात्राका लागि आवश्यक पर्ने कानुन, त्यसको प्रभावकारी कार्यान्वयन, सुरक्षित सवारी र सडक, जिम्मेवार प्रयोगकर्ता र दुर्घटनापछि प्रभावकारी उपचार तथा उपचारपछि पुनर्स्थापना अनिवार्य छ।
१६ असार, काठमाडौं । नेपालका सडकहरूले हजारौं जीवन निलेका छन् । कतै एउटै परिवारका सदस्यहरू एकै पटक समाप्त भएका छन् । कतै बस नदीमा खस्दा यात्रुहरू बेपत्ता भएका छन् ।
हरेक सडक दुर्घटनामा मृतक संख्या, घाइते संख्या र क्षति विवरणको तथ्यांक हुन्छ । तर केही दुर्घटनाहरू संख्याले मात्रै वर्णन गर्न नसकिने पनि हुन्छन् ।
किनकि, दुर्घटनाले परिवार नै समाप्त हुन्छ, गाउँ शोकमा डुबाउँछ । वर्षौंसम्म पनि आफन्तहरूलाई प्रतीक्षामा दिन बिताउन बाध्य बनाउँछ । नेपालको सडक इतिहासमा यस्ता धेरै दुर्घटना भएका छन् ।
दुर्घटनामा एउटै परिवारका सदस्यहरू एकै पटक समाप्त भएका छन् । कतिपय दुर्घटनामा आजसम्म पनि केही यात्रुको अवस्था अज्ञात छ । यसको पछिल्लो उदाहरणका रूपमा चितवनको सिमलतालमा भएको बस दुर्घटनालाई लिन सकिन्छ ।
चितवनको सिमलतालमा माथिबाट खसेको पहिरोले २८ असार २०८१ बिहानै दुई वटा यात्रुबाहक बसलाई त्रिशूली नदीले बगायो । एउटा बस काठमाडौंबाट रौटहटको गौरका लागि छुटेको थियो भने अर्को वीरगञ्जबाट काठमाडौं आउँदै थियो ।
बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बिहानको साढे ती बजे त्रिशूली नदीमा बगे । केही सेकेन्डमै बसमा सवार यात्रुहरू नदीमा बिलाए ।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा ३६ र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्समा २६ गरी ६२ यात्रु सवार थिए । जसमध्ये गणपति डिलक्सका तीन जना यात्रु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हाम फालेर बाँचेका थिए
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →