रुकुमपूर्वमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, दुई घाइते
मंगलबार साँझ करिब ५:३० बजे सडकको भित्ताबाट गिट्टी–बालुवा निकालिरहेका बेला एक्कासि माथिबाट माटोको ढिस्को खस्दा उनीहरू पुरिएको प्रहरीले जनाएको छ।
मंगलबार साँझ करिब ५:३० बजे सडकको भित्ताबाट गिट्टी–बालुवा निकालिरहेका बेला एक्कासि माथिबाट माटोको ढिस्को खस्दा उनीहरू पुरिएको प्रहरीले जनाएको छ।
१६ असार, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–६ महतस्थित कन्टीघाने (सिमखोला भित्री सडक खण्ड) मा गिट्टी–बालुवा निकाल्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । अर्का एक जना सामान्य घाइते भएका छन्।
प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भूमे गाउँपालिका–६ का करिब ५० वर्षीय दलखम्ब बुढाको उपचारका क्रममा मृत्यु भएको हो । सोही स्थानका करिब ५१ वर्षीय सम्पूर्ण बुढा गम्भीर घाइते भएका छन् भने ३० वर्षीय चिन्तामणि बुढा सामान्य घाइते रहेका छन्।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →