सानेपाबाट सशस्त्र प्रहरीले कबाडी बोकेका १० ट्रक समात्यो
सशस्त्र प्रहरीले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ ।
१६ असार, काठमाडौं । सशस्त्र प्रहरीले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ ।
आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यकाबाहिर जान लागेकाले मंगलबार साँझ ती ट्रक नियन्त्रणमा लिइएको बताइएको छ ।
आवश्यक कागजपत्रबिना ठूलो मात्रामा कबाडी सामान बोकेर उपत्यका बाहिर जान लागेको भन्ने गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइएका ट्रकमा प्र २–०३–००१ ख ४७३८, लु २ ख ५१०५, प्र २–०३–००१ ख ५६१९, ना ५ ख ६६७१, ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७, ग २ ख ५३९ र ना ६ ख ५६१ नम्बरका रहेका छन् ।
ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन लैजाने तयारी रहेको स्रोतले बतायो ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →