आठ विश्वविद्यालयका प्रस्तावित उपकुलपतिको टुंगो, नाम गोप्य

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

सिफारिस समितिले आठ वटा विश्वविद्यालयका उपकुलपतिका लागि तीन–तीन जनाको नाम टुंगो लगाएको छ ।

सिफारिस समितिले आठ वटा विश्वविद्यालयका उपकुलपतिका लागि तीन–तीन जनाको नाम टुंगो लगाएको छ ।

१६ असार, काठमाडौं । सिफारिस समितिले आठ वटा विश्वविद्यालयका उपकुलपतिका लागि तीन–तीन जनाको नाम टुंगो लगाएको छ ।

शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले आठ वटा विश्वविद्यालयको लागि उपकुलपतिको नाम टुंगो लगाएको हो ।

‘सिफारिस समितिले निर्णय गरिसेकेको छ । अब मन्त्री ज्युले कुलपतिलाई सिफारिस गर्नुहुन्छ,’ शिक्षा मन्त्रालय स्रोतले भन्यो, ‘प्रत्येक विश्वविद्यालयको लागि तीन तीन जनाको नाम सर्टलिस्टिङ भएको छ ।’

मन्त्रालय स्रोतका अनुसार शिक्षा मन्त्री पोखरेलले प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहलाई भोलि नाम सिफारिस गर्ने तयारी छ ।

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि तीन तीन जनाको नाम टुंगो लगाएको हो ।

त्यसमध्येबाट एक जनालाई कुलपति प्रधानमन्त्री बालेनले उपकुलपतिमा नियुक्त गर्नेछन् ।

सिफारिस समितिले विज्ञहरू सहभागी गराएर नाम छनोट गरेको दाबी गरेको छ । अन्तर्वार्ताको क्रममा भने सिफारिस समितिका सदस्य पनि सहभागी भएका थिए ।

गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपतिको लागि खुला आह्वान गरिएको थियो ।

जसमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।

आवेदन परेकामध्येबाट विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट सार्वजनिक गरिएको भनिएको छ । सर्टलिस्टमा परेकाको अन्तर्वार्ता र प्रस्तुतिकरण गरेर छनोट समितिले नाम टुंगो लगाएको हो ।

अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön