घरेलु मैदानमा इक्वेडरविरुद्ध मेक्सिकोको अग्निपरीक्षा

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

समूह चरणमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा पुगेको मेक्सिको र बलियो टोली जर्मनीलाई हराएर सनसनी मच्चाएको इक्वेडर दुवै उच्च मनोबलका साथ मैदानमा उत्रिनेछन् ।

समूह चरणमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा पुगेको मेक्सिको र बलियो टोली जर्मनीलाई हराएर सनसनी मच्चाएको इक्वेडर दुवै उच्च मनोबलका साथ मैदानमा उत्रिनेछन् ।

१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सह–आयोजक मेक्सिकोले घरेलु मैदानमा इक्वेडरको सामना गर्दैछ । मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेकामा हुने उक्त खेल बुधबार बिहान पौने ७ बजे सुरु हुनेछ ।

मेक्सिकोले समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै ९ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थान हासिल गरेको थियो । अर्कोतर्फ, इक्वेडर भने समूह चरणको अन्तिम खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै उत्कृष्ट तेस्रो टोलीको रूपमा अर्को चरणमा प्रवेश गरेको हो । त्यसअघिका खेलमा इक्वेडर कुरासाओसँग बराबरीमा रोकिएको थियो भने आइभोरी कोस्टसँग पराजित भएको थियो ।

यो खेलमा दुवै टोलीको रक्षापंक्ति मुख्य आकर्षण हुनेछ । मेक्सिकोले समूह चरणका तीनवटै खेलमा कुनै पनि गोल ब्यहोरेको छन् । भने इक्वेडरले दुई गोल मात्र खाएको छ । मेक्सिको आफ्नो पछिल्लो ११ खेलको अपराजित यात्रामा मात्र २ गोल ब्यहोर्दै निकै अनुशासित र बलियो रूपमा देखिएको छ ।

प्रशिक्षक सेबास्टियन बेकासेसेको इक्वेडर टोलीसँग पनि पिएरो इन्कापिए, विल्यान पाचो र मिडफिल्डमा मोइसेस काइसेडो जस्ता विश्वस्तरीय डिफेन्सिभ खेलाडीहरू छन् । यो टोलीले फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटका १८ खेलमा मात्र ५ गोल खाएको थियो । जुन सो क्षेत्रकै सबैभन्दा उत्कृष्ट रक्षात्मक रेकर्ड हो ।

१८ पटक विश्वकप खेलिसकेको मेक्सिको सन् १९७० र १९८६ मा क्वार्टरफाइनलसम्म पुगेको थियो । सन् २०२२ को विश्वकपमा भने टोली समूह चरणबाटै बाहिरिएको थियो । विश्वकपमा मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको छैन । घरेलु मैदानमा यो ४० वर्ष लामो खडेरी तोड्ने मेक्सिकोको मुख्य लक्ष्य हुनेछ ।

पाँचौंपटक विश्वकप खेलिरहेको इक्वेडरको हकमा भने सन् २००६ मा नकआउट चरणमा पुग्नु नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो । पछिल्लो विश्वकपमा समूह चरणबाटै बाहिरिएको इक्वेडर यसपटक मेक्सिकोलाई स्तब्ध पार्दै २० वर्षपछि प्रिक्वार्टरफाइनल नजिक पुग्ने दाउमा छ ।

३५ वर्षीय अनुभवी स्ट्राइकर राहुल जिमेनेज हाल मेक्सिकोको अग्रपंक्तिको मुख्य हतियार हुन् । हालै पारिवारिक शोकबाट गुज्रिएका राहुलले यो विश्वकपमा उत्कृष्ट पुनरागमन गरेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्धको उद्घाटन खेलमा टोलीका लागि गोल गर्दै मेक्सिकोलाई सानदार सुरुवात दिलाएका थिए । उनी यस खेलमा पनि इक्वेडरका लागि घातक बन्न सक्छन् ।

त्यस्तै, एसी मिलानबाट व्यावसायिक फुटबल खेल्ने सान्टियागो जिमेनेज पनि मेक्सिकोका प्रमुख भरोसा हुन् । उनी मुख्य प्रशिक्षक हाभिएर एगिरेको रणनीति अनुसार खेलको उत्तरार्धमा मैदान प्रवेश गर्दै खेलको नतिजा बदल्न सक्ने खेलाडीका रूपमा प्रयोग भइरहेका छन् ।

इक्वेडरका लागि इङ्लिस क्लब चेल्सीका स्टार मोइसेस काइसेडो पनि महत्वपूर्ण खेलाडी हुन् । मैदानको मध्यभाग नियन्त्रण गर्ने र विपक्षीको आक्रमण रोक्दै आफ्ना स्ट्राइकरहरूलाई ब

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön