अस्ट्रेलिया महिला टी-२० विश्वकपको फाइनलमा

📌 Diğer 📰 Nepal 🕐 1 saat önce

१६ असार, काठमाडौं । अस्ट्रेलिया आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो । वेस्ट इन्डिजले दिएको १२६ रनको लक्ष्य अस्ट्रेलियाले १३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । बेथ मुनीले अविजित ६१ रन बनाइन् भने एस्ले गार्डनर ३५ रनमा अविजित…

१६ असार, काठमाडौं । अस्ट्रेलिया आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो ।

वेस्ट इन्डिजले दिएको १२६ रनको लक्ष्य अस्ट्रेलियाले १३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । बेथ मुनीले अविजित ६१ रन बनाइन् भने एस्ले गार्डनर ३५ रनमा अविजित रहिन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन बनाएको थियो । कप्तान हेली म्याथ्युजले सर्वाधिक ३० रन बनाइन् । डियान्द्रा डटिन २६ रनमा अविजित रहिन् । शेमान क्याम्पबेलले २२, क्विना जोसेफले १६ अनि जानिलिया ग्लासग्लोले १५ रन बनाइन् ।

अस्ट्रेलियाका लागि कप्तान सोफी मोलिनक्स, एस्ले गार्डनर र जर्जिया वेरहामले २-२ विकेट लिँदा एनाबेल सदरल्यान्डले १ विकेट लिइन् ।

अस्ट्रेलिया ६ पटकको टी-२० विश्वकप विजेता हो । अब फाइनलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön