विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

१६ असार, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको ठक्करबाट एक ५ वर्षीया छात्रा र चहचालकको ज्यान गएको छ । मंगलबार विद्यालय बिदापछि विद्यार्थीलाई घर पुर्‍याउने क्रममा यो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, डीएसपी रमेशबहादुर पालका अनुसार लहान–१२ मा रहेको पायनर एजुकेसनल एकेडेमीको को १ ख ३५९९ नम्बरको बसले किच्दा…

१६ असार, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको ठक्करबाट एक ५ वर्षीया छात्रा र चहचालकको ज्यान गएको छ । मंगलबार विद्यालय बिदापछि विद्यार्थीलाई घर पुर्‍याउने क्रममा यो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, डीएसपी रमेशबहादुर पालका अनुसार लहान–१२ मा रहेको पायनर एजुकेसनल एकेडेमीको को १ ख ३५९९ नम्बरको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत लक्ष्मीपुर पतारी गाउँपालिका–२ की ५ वर्षीया बालिका समीक्षा साह र लहान–२२ लवटोलका २२ वर्षीय राम उदगार यादवको मृत्यु भएको हो । राम सोही बसका सहचालक हुन् ।

मंगलबार साँझ करिब ४:२० बजे विद्यालय छुटेपछि विद्यार्थीलाई घर–घरमा पुर्‍याउने क्रममा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार बसबाट सहचालक रामले विद्यार्थीलाई ओराल्ने क्रममा बसको पछाडि पुगेका बेला चालकले बस गुडाउँदा पछाडिका टायरले दुवैजनालाई किचेको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न बसलाई नियन्त्रणमा लिएको छ । बस चालक घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön