आयल निगमको दाबी : पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ ।
१७ असार, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ ।
‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ, कतिपयमा पुगिसके, कतिपयमा पुग्ने क्रममा छ’, काठमाडौँ उपत्यकासहित प्रमुख सहरका पम्पमा इन्धन भर्नेको लाइन देखिएका सम्बन्धमा स्पष्ट पार्दै निगमका प्रवक्ता मनोज ठाकुरले भने, ‘पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ, अहिले कुनै समस्या छैन ।’
उपत्यकासहित प्रमुख सहरका पम्पमा एक्कासि उपभोक्ताको चाप बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो ।
काठमाडौँ उपत्यकाका पम्पहरुले आज निगमको थानकोटस्थित डिपोबाट १३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिए । उपत्यकामा करिब १३० भन्दा बढी पम्प रहेका छन् ।
निगमले समस्या समाधान भइसकेको बताए पनि काठमाडौंका निजी पेट्रोल पम्पहरू अझै बन्द छन् । ती पम्पमा पेट्रोल छैन भन्ने पोस्टर झुन्ड्याइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पम्पमा मात्रै पेट्रोलियम पदार्थ उपलब्ध छन् । निजी पम्पहरू बन्द भएकाले सुरक्षा निकायले सञ्चालन गरेको पम्पमा लामो लाइन लागेको छ । (राससको सहयोगमा)
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →