‘मन बिनाको धन २’ मा विपिनको इन्ट्री

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

काठमाडौं । चाँडै नै छायांकनमा जान लागेको फिल्म ‘मन बिनाको धन २’ मा अभिनेता विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका अभिनेता कार्कीको प्रवेशले फिल्मको लाइनअप निकै बलियो बनाएको छ । यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि खुलाइएको छैन । टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण…

काठमाडौं । चाँडै नै छायांकनमा जान लागेको फिल्म ‘मन बिनाको धन २’ मा अभिनेता विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका अभिनेता कार्कीको प्रवेशले फिल्मको लाइनअप निकै बलियो बनाएको छ ।

यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि खुलाइएको छैन । टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ ।

फिल्मको हाल धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ । यो फिल्ममा यसअघि अभिनेता पूजा शर्मा, अभिनेता महेश त्रिपाठी, कलाकार सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् ।

पूजा र विपिनले पहिलो पटक फिल्मको पर्दामा एकसाथ काम गर्न लागेका हुन् । यसैले पनि दर्शकका लागि पूजा र विपिनको केमेस्ट्री रोचक हुने पक्का छ ।

फिल्म ‘मन बिनाको धन २’ लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो । फिल्ममा विपिनको प्रवेश भएपछि उत्साहित भएका निर्देशक बुढाथोकीले भने- ‘हामीले केही सातादेखि विपिनजीसँग कुराकानी गरिरहेका थियौं । उहाँ कथावस्तुलाई लिएर निकै उत्साहित हुनुभयो । दर्शकले उहाँलाई नयाँ अवतारमा यो फिल्ममा देख्न पाउनेछन् ।’

गतबर्ष रिलिजमा आएको फिल्म ‘मन बिनाकोे धन’ले बक्स अफिसमा करिब ४ करोडको ग्रस कलेक्सन गरेको थियो । यो फिल्मको सफलताले उत्साहित टंकले यसपटक ‘मन विनाको धन २’लाई अझै बलियो बनाउने बताएका छन् ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön