वैदेशिक रोजगारीको प्रलोभन देखाइ ठगी गर्ने ५ जना पक्राउ
१७ असार, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौंका ४१ वर्षीय रामदास महर्जन, काठमाडौंकै २९ वर्षीय…
१७ असार, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौंका ४१ वर्षीय रामदास महर्जन, काठमाडौंकै २९ वर्षीय सरिब गिरी, धादिङकी ३४ वर्षीया सन्तोषी लामा , सिन्धुपाल्चोकका ४२ वर्षीय वाङ्दी लामा र रामेछापका ३८ वर्षीय ललित बहादुर तामाङ रहेका छन् ।
महर्जनले संयुक्त अरब इमिरेट्स युएई पठाइदिने भन्दै ७ जना पीडितबाट कुल ४५ लाख रुपैयाँ ठगी गरेको, गिरीले क्यानडा पठाइदिने प्रलोभन देखाइ एक जना पीडितबाट २० लाख रुपैयाँ ठगी गरेको, धादिङकी लामाले स्पेन पठाइदिने भन्दै एक जनाबाट १५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको, तामाङले कोसोभो पठाउने आश्वासन दिएर २ लाख ५० हजार रुपैयाँ ठगी गरेको र सिन्धुपाल्चोकका लामाले अजरबैजान पठाइदिने भन्दै ५० हजार रुपैयाँ ठगी गरेको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूले पीडितहरूलाई वैदेशिक रोजगारीमा राम्रो कमाइ हुने प्रलोभन देखाइ लामो समयसम्म झुक्काएर राख्ने र रकम लिएपछि सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ। पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले बताए।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →