पारित भयो लैङ्गिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव
१७ असार, काठमाडौं । प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा, रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका…
१७ असार, काठमाडौं । प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा, रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्।
उनले उक्त प्रस्ताव कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिए। यसअघि उक्त प्रस्तावलाई सभामा सांसद रेनु चन्दले पेस गरेकी थिइन्।
राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते बिहीबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →