स्याङ्जाको बारीचौरमा चितुवा आतंक
१७ असार, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा चितुवाले आतंक मच्चाएको छ । रातिको समयमा गाउँ छिरेर चितुवाले ८ वटा बाख्रा खोरमै मारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय ४२ वर्षीय निमबहादुर थापाको घर नजिकै रहेको खोरमा सोमबार राति चितुवा पसेर आक्रमण गरेको हो । चितुवाको आक्रमणबा६ थापाले पालेको छ वटा बाख्रा मरेका छन्…
१७ असार, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा चितुवाले आतंक मच्चाएको छ । रातिको समयमा गाउँ छिरेर चितुवाले ८ वटा बाख्रा खोरमै मारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय ४२ वर्षीय निमबहादुर थापाको घर नजिकै रहेको खोरमा सोमबार राति चितुवा पसेर आक्रमण गरेको हो ।
चितुवाको आक्रमणबा६ थापाले पालेको छ वटा बाख्रा मरेका छन् भने दुई वटा बोका चितुवाले साथमै लिएर गएको प्रहरीले जनाएको छ ।
स्याङ्जा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार क्षतिको यकिन विवरण संकलन भइरहेको छ ।
‘चितुवाले खोरमा पसेर छ वटा बाख्रा मारेको र दुई वटा बोका लगेको भन्ने सूचना आएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर थप बुझ्ने र आवश्यक विवरण संकलन गर्ने काम गरिरहेको छ,’ उनले भने ।
घटनापछि गाउँबस्ती नजिकै चितुवा देखिन थालेकाले स्थानीय त्रसित बनेका छन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →