प्रचण्डको दाबी– जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाएकै रहेछ

📌 Diğer 📰 Nepal 🕐 5 saat önce

१७ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएको सूचना आफूले पाएको दाबी गरेका छन् । पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २६ गते राति राष्ट्रपति निवास शीतलनिवासमा बसेर आफूहरूले अर्को दुर्घटना नहोस् भनेर देशको…

१७ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएको सूचना आफूले पाएको दाबी गरेका छन् ।

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २६ गते राति राष्ट्रपति निवास शीतलनिवासमा बसेर आफूहरूले अर्को दुर्घटना नहोस् भनेर देशको लागि चिन्ता गरेको दाबी गरे ।

त्यो बीचमा जनतामाझ देश अर्कै युगमा जाँदैछ भन्ने परिचर्चा समेत हुँदै गरेको स्मरण गरे ।

‘नारायणहिटी सफा हुँदैछ, केही घण्टापछि देश अकैं युगमा जाँदैछ भन्ने चर्चा परिचर्चा हुँदै थियो । पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन्,’ प्रचण्डले भने, ‘नारायणहिटी सफा गर्न लगाउने भनेपछि कस्तो त स्थिति ? जनता र नेताको सम्बन्ध कटेको छ । कार्यकर्तासँग पनि कटेको छ । असाधारण परिस्थितिबाट देश गुज्रिएको थियो । २६ गते यो देशलाई अर्को दुर्घटनाबाट बचाउने भन्नेतिर हाम्रो दिमाग गएको थियो । हामी आफूलाई के हुने भन्ने कुनै टेन्सन थिएन ।’

उनले आफूहरू त्यतिबेला संसद् विघटनको पक्षमा नभएको पनि बताए । यद्यपि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठन गर्न पत्र लेखेको उनले दोहोर्‍याए ।

ओलीकै सिफासिर देखेपछि आफूहरूले पनि देशलाई दुर्घटनामा जान नदिन निर्वाचनको पक्षमा बसेको सुनाए ।

‘केपी ओलीको चिठि देखेपछि अन्तरिम सरकार बनाउने वैधता पुग्यो भन्ने लाग्यो । हामीले प्रस्तावित गरेका होइनौं । त्यो केपी ओलीजीले नै हो अन्तरिम सरकारको प्रधानमन्त्री सिफारिस गरेको हो,’ प्रचण्डले भने, ‘हामीले देशलाई अर्को दुर्घटनातिर लानबाट बचाउनका लागि त्यो स्वीकारेको हो । हामीले संसद् विघटन गर्ने कुरा गरेका थिएनौं । हाम्रो सहमति थिएन । नयाँ प्रधानमन्त्रीको अनुमोदन संसद्बाटै गर्नुपर्छ भन्ने थियो । हामीले अन्तिम समयसम्म पनि त्यही भनिरहेका थियौं ।’

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön