सौतेनी सासुको हत्या आरोपी बुहारी चार वर्षपछि पक्राउ

📌 Diğer 📰 Online Khabar (NP) 🕐 3 saat önce

२३ जेठ, काठमाडौं । प्युठानमा सौतेनी सासुको हत्या गरेर फरार आरोपी बुहारी चार वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा स्वर्गद्वाराी नगरपालिका–६ डाँडाखर्ककी ३२ वर्षीया चेती सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । उनीमाथि सौतेनी सासुको हत्या आरोप लागेर प्युठान जिला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । २०७९ मंसिर १…

२३ जेठ, काठमाडौं । प्युठानमा सौतेनी सासुको हत्या गरेर फरार आरोपी बुहारी चार वर्षपछि पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा स्वर्गद्वाराी नगरपालिका–६ डाँडाखर्ककी ३२ वर्षीया चेती सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

उनीमाथि सौतेनी सासुको हत्या आरोप लागेर प्युठान जिला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

२०७९ मंसिर १ गते डाँडाखर्कको भूपलाल घर्तीको बारीमा ६३ वर्षीया धनीकुमारी सुनार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको टाउकामा गम्भीर चोट लागेर रगताम्य अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

धनीकुमारी अहिले पक्राउ परेकी चेतीकी सौतेनी सासु रहेको प्रहरीले जनाएको छ ।

त्यसयता चेती फरार रहेको प्रहरीले जनाएको छ । अहिले पक्राउ गरेर प्युठान अदालतका आदेश अनुसार उनलाई पुर्पक्षका लागि कारागार पठाइएको जिप्रका प्युठानका सूचना अधिकारी इन्स्पेक्टर हरि भट्टराईले जानकारी दिए ।

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön