मधेश प्रदेश सरकारको झन्डै ११ महिनाको बजेट खर्च १९.४ प्रतिशत मात्रै

📌 Diğer 📰 Online Khabar (NP) 🕐 3 saat önce

भर्खरै अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका भट्टराईले साप्ताहिक रूपमा प्रगति विवरण सार्वजनिक गर्दैआएका छन् ।

भर्खरै अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका भट्टराईले साप्ताहिक रूपमा प्रगति विवरण सार्वजनिक गर्दैआएका छन् ।

२३ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को कुन विनियोजित बजेटमध्ये जम्मा १९.४ प्रतिशत मात्रै खर्च गरेको छ ।

प्रदेश सरकारले जेठ २१ गते(बिहीबार) सम्म १९.४ प्रतिशत मात्र खर्च गरेको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट विनियोजन गरेको थिषे । जसमध्ये हालसम्म ९ अर्ब ११ करोड ९५ लाख ७५ हजार रुपैयाँ मात्रै खर्च भएको प्रदेश अर्थ मन्त्रालयले जनाएको छ ।

कुल खर्चमध्ये चालुतर्फ ५ अर्ब ३२ करोड ४४ लाख ८४ हजार तथा पुँजीगततर्फ ३ अर्ब ७९ करोड ५० लाख ९१ हजार रुपैयाँ मात्रै खर्च भएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।

यसअघि जेठ १३ गतेसम्म कुल खर्च ८ अर्ब ७५ करोड ७६ लाख १४ हजार रुपैयाँ भएको थियो । जेठ २१ गतेसम्म आइपुग्दा खर्चमा ३६ करोड ४२ लाख रुपैयाँ मात्रै वृद्धि भएको देखिएको छ ।

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön