कक्रोच जनता पार्टीको प्रदर्शनमा कम्युनिस्ट नेता भट्टाचार्य पनि सहभागी

📌 Diğer 📰 Online Khabar (NP) 🕐 4 saat önce

प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै नेता भट्टाचार्यले पेपर लिक रोक्न सरकार असफल भएको बताएका छन् ।

प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै नेता भट्टाचार्यले पेपर लिक रोक्न सरकार असफल भएको बताएका छन् ।

२३ जेठ, काठमाडौं । भारतमा कक्रोच जनता पार्टी(सीजेपी)को प्रदर्शनमा भारतीय कम्युनिस्ट नेता दिपान्कर भट्टाचार्य पनि सहभागी भएका छन् ।

उनी सीपीआई एमएल लिबरेसनका महासचिव हुन् । भट्टाचार्य शनिबार सीजेपीले नयाँदिल्लीको जन्तर मन्तरमा गरिरहेको प्रदर्शनमा सहभागी भएका छन् ।

प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै नेता भट्टाचार्यले पेपर लिक रोक्न सरकार असफल भएको बताएका छन् । यस्तै, बेरोजगारी तीव्र रूपमा बढेको र सार्वजनिक शिक्षा प्रणालीलाई योजनाबद्ध रूपमा ध्वस्त पारिएको भन्दै युवाहरू आन्दोलित हुनुपरेको उनले बताए ।

यी सबै असफलताहरूको जवाफ सरकारले दिनुपर्ने उल्लेख गर्दै उनले वर्तमान शैक्षिक सङ्कटको जिम्मेवारी लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

सीजेपीले पनि शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै यो प्रदर्शन गरिरहेको छ ।

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön