प्रधानमन्त्रीविरुद्ध श्रम संस्कृतिको विरोध– ‘नेपाली माटोको रक्षा गरौं’

📌 Diğer 📰 Online Khabar (NP) 🕐 4 saat önce

२३ जेठ, काठमाडौं । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतिघरमा खवरदारी सभासहित विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए…

२३ जेठ, काठमाडौं । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतिघरमा खवरदारी सभासहित विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए । साथै उनीहरूले ‘नेपाली माटोको रक्षा गरौं, राष्ट्रको सम्मान जोगाऔं, गैर जिम्मेवारी अभिव्यक्तिको विरोध गरौं’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए ।

हरेक देशको सीमा समस्या रहेको भन्दै सीमा समस्या र सीमा मिच्ने विषय फरक भएको उनको भनाइ थियो ।

साथै, उनले सदनमा आफुहरुले राख्दै आएको अडान कायमै रहने समेत बताए ।

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön