दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो ठोक्किए, १४ जना घाइते

📌 Diğer 📰 Online Khabar (NP) 🕐 5 saat önce

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

२३ जेठ, काठमाडौं । दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोला स्थित दक्षिणकाली सडकखण्डमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बोलेरोका चालकसहित दुवै सवारी साधनमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । सुमो चालकलाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön