राजनीतिमा पुरानो शैली नदोहोर्‍याउन जेनजीको भूमिका महत्त्वपूर्ण : सांसद ढकाल

📌 Diğer 📰 Online Khabar (NP) 🕐 5 saat önce

२३ जेठ, गुल्मी । रास्वपाका नेता तथा सांसद सागर ढकालले पुरानो पार्टीजस्तो हुने प्रवृत्तिबाट जोगाउने मुख्य शक्ति (जेनजी) भएको टिप्पणी गरेका छन् । पार्टीको गुल्मी अधिवेशनको अवरमा आयोजित कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिवर्तन र सरकार गठनसम्म आइपुग्न जेनजीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । ढकालले आफूहरूलाई निरन्तर प्रश्न गर्न र खबरदारी गर्न युवापुस्तालाई आग्रह गर्दै…

२३ जेठ, गुल्मी । रास्वपाका नेता तथा सांसद सागर ढकालले पुरानो पार्टीजस्तो हुने प्रवृत्तिबाट जोगाउने मुख्य शक्ति (जेनजी) भएको टिप्पणी गरेका छन् । पार्टीको गुल्मी अधिवेशनको अवरमा आयोजित कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिवर्तन र सरकार गठनसम्म आइपुग्न जेनजीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

ढकालले आफूहरूलाई निरन्तर प्रश्न गर्न र खबरदारी गर्न युवापुस्तालाई आग्रह गर्दै त्यसले सही बाटोमा अघि बढ्न मद्दत पुग्ने बताए ।

हामीलाई सधैं प्रश्न गर्न र त्यसले हामी सही बाटोमा हिँड्न सहयोग गर्ने बताए ।

उनले पार्टी तथा संगठन निर्माणका क्रममा जिल्लास्तरका नेतृत्व र प्रतिनिधिहरूलाई वैज्ञानिक आधारमा छनोट गरिएको दाबी गरे । नयाँ सोच र कार्यशैलीलाई परिणाममा रूपान्तरण गर्न केही समय आवश्यक पर्ने भएकाले काम गर्ने अवसर दिन पनि आग्रह गरे ।

ढकालले युवाको सक्रिय सहभागिता, पारदर्शिता र निरन्तर जनउत्तरदायित्व मार्फत वैकल्पिक राजनीतिक अभ्यासलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । अधिवेशनमा प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी, श्रद्धा कुँवर लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै आगामी रणनीति तथा संगठन विस्तारका विषयमा महत्वपूर्ण निर्णय गर्ने पार्टीले जनाएको छ । अधिवेशनमा जिल्लाभरबाट आएका प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको जिल्ला सभापति भोजराज पाण्डेले बताए ।

रास्वपा गुल्मीले जिल्लाका १२ स्थानीय तहमध्ये ११ पालिकामा पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । गुल्मीदरबार गाउँपालिकामा केही वडा अधिवेशन बाँकी रहेकाले त्यहाँको पालिका अधिवेशन हुन नसकेको र बाँकी प्रक्रिया पूरा भएपछि अधिवेशन सम्पन्न गरिने पाण्डेले जानकारी दिए ।

पालिकास्तरमा सम्पन्न अधिवेशनबाट चन्द्रकोट गाउँपालिकाको सभापतिमा कमल खत्री, रेसुङ्गा नगरपालिकामा कृष्ण पराजुली, मुसिकोट नगरपालिकामा सुभाष जीसी, मालिका गाउँपालिकामा टीका जीसी, मदाने गाउँपालिकामा देवेन्द्र सेन, छत्रकोट गाउँपालिकामा रामकृष्ण न्यौपाने, रुरुक्षेत्र गाउँपालिकामा हुतराज गौतम, कालीगण्डकी गाउँपालिकामा गोविन्द गौतम, इस्मा गाउँपालिकामा नरेन्द्रप्रसाद रिजाल, धुर्कोट गाउँपालिकामा राजेन्द्र पोखरेल तथा सत्यवती गाउँपालिकामा कृष्णप्रसाद भट्टराई चयन भएका छन् ।

पार्टीको विधानअनुसार गाउँपालिकामा ११ सदस्यीय र नगरपालिकामा १५ सदस्यीय पालिका समिति गठन गरिएको छ । साथै प्रत्येक पालिका अधिवेशनबाट एक महिला अनिवार्यसहित चार जना जिल्ला अधिवेशन प्रतिनिधि, एक जना प्रदेश प्रतिनिधि तथा एक जना महाधिवेशन प्रतिनिधि चयन गरिएको सभापति पाण्डेले बताए । पालिका सभापति स्वत: महाधिवेशन प्रतिनिधि रहने व्यवस्था रहेको उनले जानकारी दिए ।

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön