गुलाफको फूलसहित प्रदर्शनस्थल पुगे सोनाम वाङचुक
२३ जेठ, काठमाडौं । शिक्षा तथा पर्यावरण अभियन्ता सोनाम वाङचुक हातमा गुलाफको फूल लिएर कक्रोच जनता पार्टीले नयाँदिल्लीको गरिरहेको प्रदर्शनमा पुगेका छन् । उनी शनिबार दिउँसो नयाँ दिल्लीस्थित जन्तरमन्तरमा भइरहेको विरोध प्रदर्शनमा सहभागी भएका हुन् । परीक्षा प्रणालीमा भएका अनियमितता र प्रश्नपत्र लिकको विरोधमा ककरोच जनता पार्टीले त्यहाँ विरोध प्रदर्शन गरिरहेको छ । यसअघि कक्रोच…
२३ जेठ, काठमाडौं । शिक्षा तथा पर्यावरण अभियन्ता सोनाम वाङचुक हातमा गुलाफको फूल लिएर कक्रोच जनता पार्टीले नयाँदिल्लीको गरिरहेको प्रदर्शनमा पुगेका छन् । उनी शनिबार दिउँसो नयाँ दिल्लीस्थित जन्तरमन्तरमा भइरहेको विरोध प्रदर्शनमा सहभागी भएका हुन् ।
परीक्षा प्रणालीमा भएका अनियमितता र प्रश्नपत्र लिकको विरोधमा ककरोच जनता पार्टीले त्यहाँ विरोध प्रदर्शन गरिरहेको छ ।
यसअघि कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके पनि प्रदर्शनस्थल पुगिसकेका छन् । उनी भारतीय संविधान निर्माण भीम राव अम्वेडकरको जीवनी बोकेर त्यहाँ पुगेका हुन् ।
उनले अन्य प्रदर्शकारीलाई पुस्तक र राष्ट्रिय झण्डा बोक्न तथा प्रहरीलाई शान्तिको प्रतीक स्वरूप फूल दिन अपिल गरेका थिए ।
सोही अपिल अनुरूप वाङचुक पनि हातमा गुलाफको फूल बोकेर युवा तथा विद्यार्थीहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाउन पुगेका हुन् ।
📌 Kaynak
Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →