मलाई न्याय र राजनीतिमा मात्रै सीमित नगर्नुहोस् : सुशीला कार्की
२३ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतित गर्ने बताएकी छिन् । ललितपुरमा आयोजित ‘काठमाडौं कलिङ्ग साहित्य महोत्सव’मा सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गरेकी हुन् । आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन उनको आग्रह थियो । न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता…
२३ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतित गर्ने बताएकी छिन् ।
ललितपुरमा आयोजित ‘काठमाडौं कलिङ्ग साहित्य महोत्सव’मा सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गरेकी हुन् ।
आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन उनको आग्रह थियो ।
न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको उपज भएको बताउँदै साहित्य भने आफ्नो अन्तर्मनको रुचि भएको स्पष्ट उनले पारिन् ।
‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ,’ कार्कीले भनेकी छिन् ।
आफ्नो साहित्यिक यात्राको स्मरण गर्दै कार्कीले सन् १९९० को जनआन्दोलनका क्रममा जेल पर्दाको अनुभव पनि उनले सुनाइन् ।
दुई महिनाको जेल जीवनमा त्यहाँका महिला बन्दीहरूको पीडा र भोगाइलाई नजिकबाट नियालेपछि आफूले ‘कारा’ नामक उपन्यास लेखेको उनको भनाइ थियो ।
उक्त उपन्यास उनले सेवा निवृत्त भएपछि मात्र प्रकाशनमा ल्याएकी थिइन् ।
आफूसँग अझै धेरै कथा र उपन्यासका अवधारणा र आधा लेखिएका पाण्डुलिपिहरू रहेको जानकारी दिँदै उनले ती कृतिहरू ल्याउने आफ्नो योजना रहेको बताइन् ।
कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कवि तथा लेखकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
📌 Kaynak
Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →