म स्वतन्त्रता त्यागेर हिरासत बस्न तयार थिएँ : अभिजीत दीपके

📌 Diğer 📰 Online Khabar (NP) 🕐 6 saat önce

२३ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले नयाँ दिल्लीको जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई सम्बोधन गर्दै आफू यस अभियानका लागि हिरासतमा बस्न समेत मानसिक रूपमा तयार भएर आएको बताएका छन्। दिल्ली ओर्लनु अघिको क्षणलाई स्मरण गर्दै उनले समर्थकहरू माझ आफ्नो भावना राखेका हुन्। विमान दिल्लीमा अवतरण गर्नुभन्दा केही समय अगाडि आफूले स्वतन्त्रताका…

२३ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले नयाँ दिल्लीको जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई सम्बोधन गर्दै आफू यस अभियानका लागि हिरासतमा बस्न समेत मानसिक रूपमा तयार भएर आएको बताएका छन्।

दिल्ली ओर्लनु अघिको क्षणलाई स्मरण गर्दै उनले समर्थकहरू माझ आफ्नो भावना राखेका हुन्।

विमान दिल्लीमा अवतरण गर्नुभन्दा केही समय अगाडि आफूले स्वतन्त्रताका अन्तिम पलहरू अनुभव गरिरहेको जस्तो लागेको दीपकेले बताए ।

उनले प्रदर्शनमा उपस्थित भीडलाई सम्बोधन गर्दै भने, ‘म यस अभियानका लागि आफ्नो स्वतन्त्रता त्याग गर्न पूर्ण रूपमा तयार थिएँ ।’

दीपकेले जेल पर्ने डरका कारण धेरै मानिसहरूले सम्झौता गर्ने गरेको भए पनि भारतीय युवाहरू आफ्नो अडानमा अडिग रहेको दाबी गरे। ‘यस देशका युवा र विद्यार्थीहरूले आफूलाई बेचेका छैनन्’, उनले भनेका छन।

यसै क्रममा दिपकेले यस आन्दोलनलाई समर्थन गरेकोमा अभियन्ता सोनाम वाङचुकलाई धन्यवाद दिए। उनले अभियन्ता वाङचुक पनि आन्दोलनमा सहभागी हुने अपेक्षा गरिएको जानकारी दिए ।

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön