लगानी भित्र्याउन नेपालले भियतनाम र रुवान्डाबाट के सिक्ने ?
विशाल जलस्रोत, युवा जनशक्ति र रणनीतिक भूगोल जस्ता अथाह सम्भावना हुँदाहुँदै पनि नेपालमा विदेशी लगानी किन खुम्चिएको छ ? भियतनाम र रुवान्डा जस्ता देशबाट पाठ सिक्दै नेपाललाई कसरी ग्रिन डिजिटल हब र इन्डस्ट्री ४.० को बाटोमा अघि बढाउन सकिन्छ ?
विशाल जलस्रोत, युवा जनशक्ति र रणनीतिक भूगोल जस्ता अथाह सम्भावना हुँदाहुँदै पनि नेपालमा विदेशी लगानी किन खुम्चिएको छ ? भियतनाम र रुवान्डा जस्ता देशबाट पाठ सिक्दै नेपाललाई कसरी ग्रिन डिजिटल हब र इन्डस्ट्री ४.० को बाटोमा अघि बढाउन सकिन्छ ?
नेपाल आज आर्थिक रूपान्तरणको एक संवेदनशील र निर्णायक मोडमा उभिएको छ। एकातिर देशसँग विशाल जलस्रोत, युवा जनशक्ति, जैविक विविधता, पर्यटन सम्भावना, रणनीतिक भूराजनीतिक अवस्था र दक्षिण एशियाका दुई ठूला अर्थतन्त्र भारत र चीन बीचको भौगोलिक पहुँच जस्ता महत्त्वपूर्ण अवसरहरू छन्।
अर्कोतिर राज्यको कमजोर कार्यान्वयन क्षमता, नीतिगत अनिश्चितता, प्रशासनिक ढिलासुस्ती, न्यायिक प्रक्रियाको सुस्तता तथा पूर्वाधारको सीमितताले नेपालको लगानी वातावरणलाई अपेक्षित रूपमा प्रतिस्पर्धी बनाउन सकेको छैन।
विगत केही वर्षदेखि नेपालले औद्योगिकीकरण, डिजिटल रूपान्तरण, हरित ऊर्जा, पूर्वाधार विस्तार र निजी क्षेत्रको सहभागितालाई विकासको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै आएको छ। तर नीति घोषणाभन्दा व्यावहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण देखिन्छ। आजको मूल प्रश्न यही हो- के नेपाल वास्तवमै लगानीमैत्री राष्ट्र बन्न सफल भइरहेको छ, वा अझै पनि सम्भावनाको देशमै सीमित छ?
यो प्रश्न विदेशी लगानीकर्ताका लागि मात्र होइन; नेपाली उद्योगी, व्यवसायी, स्टार्टअप उद्यमी र विदेशबाट फर्किएका युवाका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। कुनै पनि देशमा विदेशी लगानी त्यतिबेला मात्र स्थायी रूपमा आकर्षित हुन्छ, जब त्यहाँका आफ्नै नागरिकले आफ्नो पूँजी, सीप र भविष्य सुरक्षित महसुस गर्छन्। यदि घरेलु उद्योगी नै असुरक्षित महसुस गर्छन् भने विदेशी लगानीकर्ता दीर्घकालीन प्रतिबद्धता गर्न सहज मान्दैनन्।
नेपालको अर्थतन्त्र लामो समयदेखि रेमिट्यान्स, आयातमुखी व्यापार र सेवा क्षेत्रमा आधारित रहँदै आएको छ। उत्पादनमूलक क्षेत्र, विशेषतः उद्योग, निर्यात र प्रविधिमा आधारित उत्पादन, अपेक्षित रूपमा विस्तार हुनसकेको छैन। विदेशी प्रत्यक्ष लगानी (एफडीआई) को अवस्था हेर्दा पनि नेपाल दक्षिण एशियाका धेरै देशको तुलनामा पछाडि देखिन्छ। बङ्गलादेश, भियतनाम, कम्बोडिया वा रुवान्डा जस्ता मुलुकले विगत दुई दशकमा उद्योग, निर्यात र पूर्वाधार क्षेत्रमा उल्लेखनीय विदेशी लगानी आकर्षित गर्न सफल भए। नेपालमा भने विदेशी लगानी अझै मुख्यतः ऊर्जा, होटल तथा सीमित सेवा क्षेत्रमा केन्द्रित छ।
यसको अर्थ नेपालसँग सम्भावना छैन भन्ने होइन। वास्तवमा नेपालसँग अहिले पनि दक्षिण एशियाकै सबैभन्दा ठूलो हरित ऊर्जा सम्भावनामध्ये एक रहेको मानिन्छ। चुनौती सम्भावनाको अभाव होइन, सम्भावनालाई परियोजनामा, परियोजनालाई उद्योगमा र उद्योगलाई दीर्घकालीन आर्थिक वृद्धिमा रूपान्तरण गर्ने संस्थागत क्षमताको कमजोरी हो।
घरेलु लगानीकर्ताले भोगिरहेका समस्या पनि गम्भीर छन्। बैंक ब्याजदरको अस्थिरता, कर प्रशासनको अस्पष्टता, नीतिगत परिवर्तन, जग्गा प्राप्तिको कठिनाइ, आयात नीतिमा अचानक परिवर्तन, श्रम विवाद तथा उद्योग सञ्चालन अनुमतिका लागि अत्यधिक समय लाग्ने अवस्था अझै पनि विद्यमान
📌 Kaynak
Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →