कक्रोच पार्टीका संस्थापक अभिजीतले अम्बेडकरको जीवनी बोक्नुको अर्थ के हो ?
संविधानभित्र रहेर शैक्षिक अनियमितताविरुद्ध छेडिएको यो आन्दोलन कुनै हुलदंगा नभएर विचार र कानुनको लडाइँ हो भन्ने सन्देश दिन उनले यो किताब बोकेका देखिन्छन् ।
संविधानभित्र रहेर शैक्षिक अनियमितताविरुद्ध छेडिएको यो आन्दोलन कुनै हुलदंगा नभएर विचार र कानुनको लडाइँ हो भन्ने सन्देश दिन उनले यो किताब बोकेका देखिन्छन् ।
२३ जेठ, काठमाडौं । दिल्ली विमानस्थलको व्यस्त र होहल्लापूर्ण वातावरणकै बीच कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके ओर्लिंदा उनलाई अनौठो स्वागत गरियो ।
ठीक त्यसैबेला वरिपरि जम्मा भएका फोटोग्राफर र समर्थकहरूले उनलाई ‘काला हिट’ भन्दै जिस्काइरहेका थिए । ‘काला हिट’ गोदरेज कम्पनीले लामखुट्टे, झिँगा र अन्य उड्ने किराहरूलाई तुरुन्तै मार्नका लागि विशेष रूपमा तयार पारेको ‘एरोसोल इन्सेक्टिसाइड’ हो। यही सन्दर्भलाई जोडेर पापाराजी र समर्थकहरूले कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिपकेलाई ‘काला हिट’ उपनाम दिएका हुन् ।
तर, यो हाँसोमजाक र होहल्लाको बीचमा एउटा दृश्यले भने ध्यान खिच्यो । दीपकेको हातमा देशको संविधानका मुख्य निर्माता डा. भीमराव अम्बेडकरको पुस्तक बलियो गरी समातिएको थियो।आफूप्रतिका टिप्पणीहरूलाई वेवास्ता गर्दै उनी सीधै दिल्लीको जन्तर-मन्तरतर्फ अघि बढे । त्यहाँह उनको नेतृत्वमा एउटा ठूलो विरोध प्रदर्शन सुरु हुँदै थियो।
आज जुन ६, २०२६ मा दिल्लीको जन्तर-मन्तरमा आयोजित सीजेपीको यो विरोध प्रदर्शनको मुख्य उद्देश्य देशका प्रमुख परीक्षाहरूमा देखिएका गम्भीर लापरबाही र धाँधलीको विरोध गर्नु हो। सीजेपीले नीट, सियुइटी , सीबीएसई तथा एसएससी जस्ता देशका ठूला परीक्षाहरूमा भएका अनियमितताका कारण झण्डै एक करोडभन्दा बढी विद्यार्थीहरूको भविष्य संकटमा परेको आरोप लगाएका छन्। यही गम्भीर मुद्दालाई लिएर उनीहरूले वर्तमान शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन्।
यस्तो संवेदनशील र चुनौतीपूर्ण माहौलमा अभिजित दीपकेले डा. अम्बेडकरको पुस्तक बोक्नु केवल एउटा संयोग मात्र नभएको देखिन्छ । यसले आजको घटनाक्रमसँग गम्भीर राजनीतिक र सामाजिक अर्थ राख्दछ। दीपकेले आफ्नो सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिहरूमा स्पष्ट पारेका छन् कि उनीहरूको यो आन्दोलन भारतको संविधानले दिएको लोकतान्त्रिक अधिकारभित्र रहेर पूर्ण रूपमा शान्तिपूर्ण ढंगले अगाडि बढाइनेछ। अभिजित दीपके र उनको दल कक्रोच जनता पार्टीले यस किताब र यसको साङ्केतिक अर्थबारे स्पष्ट रूपमा आफ्ना भनाइहरू सार्वजनिक गरेको देखिन्छ ।
आज दिल्ली ओर्लिने बित्तिकै र जन्तर-मन्तरतर्फ लाग्ने क्रममा दीपके तथा उनको दलले विशेष गरी ‘एक्स’ र इन्स्टाग्राम लाइभ मार्फत यसबारे केही महत्त्वपूर्ण कुराहरू राखेका छन् ।
कक्रोच जनता पार्टीको आधिकारिक ‘एक्स’ हेन्डलबाट गरिएको पोस्टमा भनिएको छ, ‘भारतको संविधानको पूर्ण समर्थन र शक्तिका साथ, कक्रोचहरूले धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर मन्तरमा बिहान १० बजेदेखि विरोध प्रदर्शन सुरु गर्नेछन्।’
डा. अम्बेडकरको आत्मजीवनी बोक्नुको अर्थ उनीहरूको यो आन्दोलन पूर्ण रूपमा संवैधानिक दायराभित्र रहेर गरिएको हो भन्ने देखिएको छ ।
दिल्ली पुगेपछि इन्स्टाग्राम लाइभमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै दीपकेले यो आन्दोलनलाई देशकै सबैभन्दा अनुशासित र शान्
📌 Kaynak
Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →