पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव

📌 Diğer 📰 Online Khabar (NP) 🕐 8 saat önce

२३ जेठ, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको वार्ताको प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले जेलेन्स्कीको व्यवहारको आलोचना समेत गरेका छन् । सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा शुक्रबार भएको छलफलका क्रममा रूसी नेता पुटिनले जेलेन्स्कीको पत्रबारे टिप्पणी गरेका थिए। जेलेन्स्कीले बिहीबार पुटिनलाई एउटा खुला पत्र पठाउँदै युद्धविरामका लागि भेट्न आग्रह गरेका थिए। जेलेन्स्कीले…

२३ जेठ, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको वार्ताको प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले जेलेन्स्कीको व्यवहारको आलोचना समेत गरेका छन् ।

सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा शुक्रबार भएको छलफलका क्रममा रूसी नेता पुटिनले जेलेन्स्कीको पत्रबारे टिप्पणी गरेका थिए। जेलेन्स्कीले बिहीबार पुटिनलाई एउटा खुला पत्र पठाउँदै युद्धविरामका लागि भेट्न आग्रह गरेका थिए।

जेलेन्स्कीले पत्रमा पुटिनको उमेर, रूसको सङ्कटग्रस्त अर्थतन्त्र र बढ्दो सैन्य क्षतिको चर्चा गरेका थिए। उनले पत्रमा लेखेका थिए, “२६ वर्ष सत्तामा रहेपछि उमेरले आफ्नो असर देखाउन थाल्छ। समयसँगै तपाईंप्रतिको नैराश्यता झन् बढ्दै जानेछ।”

पुटिनले त्यसको जवाफ दिँदै आफ्नो उमेरको आलोचनाको प्रतिवाद गरे। उनले भने, ‘उनले मेरो उमेरको कुरा उल्लेख गरेका छन्। केही विश्व नेताहरू मभन्दा पनि जेठा छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईं आफ्नो काम राम्रोसँग गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने हो।’

पुटिनले आफूले वार्ता कहिल्यै अस्वीकार नगरेको दाबी गरे। तर त्यसका लागि उचित तयारी हुनुपर्ने उनको भनाइ छ। पुटिनले गत वर्ष अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको सहमतिलाई मुख्य आधार बनाएका छन्। उक्त सहमतिमा युक्रेनले डोनबास क्षेत्र छोड्नुपर्ने उल्लेख भएको बताइन्छ।

युक्रेनले भने यसको विरोध गर्दै पत्रमा लेखेको छ, ‘हामीले सुन्यौँ कि तपाईंलाई अलास्कामा युक्रेन र युरोपका केही मुद्दाहरू समाधान गर्ने आश्वासन दिइएको थियो। तर तपाईं देख्न सक्नुहुन्छ, युक्रेनी र युरोपेली मुद्दाहरूको निर्णय एन्कोरेजमा हुँदैन।’ क्रेमलिनले युक्रेनलाई आफ्ना चारवटा क्षेत्रबाट सेना हटाउन माग गर्दै आएको छ।

पुटिनले युक्रेन मात्र अहिले वार्तामा इच्छुक रहेको बताए। युक्रेनले रूसी आक्रमण रोक्नका लागि मात्र वार्ता चाहेको उनको दाबी छ। उनले आफ्ना सैनिकहरूलाई उत्प्रेरित गर्दै भने, ‘काम जारी राख ।’

पुटिनको यस्तो भनाइपछि जेलेन्स्कीले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरे। विज्ञप्तिमा उनले रूसले पुनः युद्ध नै रोजेको बताएका छन्। जेलेन्स्कीले भनेका छन्, ‘दुर्भाग्यवश, रूसले फेरि युद्ध रोजेको छ। उनी यो युद्ध अन्त्य गर्नै चाहँदैनन्। यो कमजोर प्रतिक्रियाबाट धेरै जना निराश हुनेछन्।’

जेलेन्स्कीले अब रूसमाथि थप आर्थिक दबाब बढाउनुपर्ने उल्लेख गरेका छन्। युक्रेनले रूसको युद्ध कोषमा क्षति पुऱ्याउन त्यहाँका तेल रिफाइनरीहरूलाई निशाना बनाउँदै आएको छ ।

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön