चार फुटबल स्टार : फिफा विश्वकप २००६ देखि २०२६ सम्म
सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा समेत स्थान बनाएका चार खेलाडी अहिले २०२६ को विश्वकप खेल्ने टिममा समेत छन् । ती चार खेलाडी भने यस मानेमा भाग्यमानी पनि बने र उनीहरुको मिहिनेतले पनि यो स्थानमा पुर्याएको हो ।
सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा समेत स्थान बनाएका चार खेलाडी अहिले २०२६ को विश्वकप खेल्ने टिममा समेत छन् । ती चार खेलाडी भने यस मानेमा भाग्यमानी पनि बने र उनीहरुको मिहिनेतले पनि यो स्थानमा पुर्याएको हो ।
२३ जेठ, काठमाडौं । यही जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ का लागि सहभागी ४८ राष्ट्रकै अन्तिम टोली घोषणा भइसकेको छ र अब अमेरिका, मेक्सिको र क्यानडा विश्व फुटबलको महाकुम्भ आयोजनाका लागि तयार छन् ।
विश्वकप इतिहासमै सबेभन्दा धेरै टिम सहभागी यस विश्वकपमा सर्वाधिक १०४ खेल हुनेछ भने ३९ दिनसम्म उत्तर अमेरिकाको १६ स्टेडियममा खेलहरु हुनेछन् ।
४८ टिमको अन्तिम टोलीमा २६-२६ खेलाडी समावेश छन् । जसमा कल १ हजार २४८ खेलाडी यस पटक विश्वकपका लागि उत्तर अमेरिकामा भेला हुनेछन् । त्यसमा कति खेलाडीले विश्वकप खेलिसकेका छन् र विश्वकप नै जितिसकेका छन् भने अधिकांश खेलाडी पहिलो पटक विश्वकप खेल्ने तयारीमा छन् ।
त्यसमध्ये २२ खेलाडीले यसअघि नै विश्वकप जितिसकेका छन् भने कम्तीमा एक पटक विश्वकप खेलिसकेका ३ सय भन्दा बढी खेलाडी छन् ।
तर यो १ हजार २४८ खेलाडीको सूचीमा चार खेलाडी यस्ता छन् जो आफ्नो करियरको अन्तिम विश्वकप खेल्दै छन् अनि दुई दशक अघिदेखि नै विश्वकप खेल्ने टिममा समावेश भएका छन् ।
अर्थात् सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा समेत स्थान बनाएका चार खेलाडी अहिले २०२६ को विश्वकप खेल्ने टिममा समेत छन् । ती चार खेलाडी भने यस मानेमा भाग्यमानी पनि बने र उनीहरुको मिहिनेतले पनि यो स्थानमा पुर्याएको हो ।
साविक विजेता अर्जेन्टिनाका स्टार लियोनल मेस्सी, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो, क्रोएसियाका मिडफिल्ड मेस्ट्रो लुका मोड्रिच र मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआ सन् २००६ देखि २०२६ को विश्वकपसम्म टिममा समावेश भएका छन् ।
त्यसमध्ये मेस्सी र रोनाल्डोले यसअघिको सबै पाँच संस्करण विश्वकप खेलेका छन् र यस पटक फिफा विश्वकप २०२६ खेलेमा छैटौं पटक विश्वकप खेल्ने कीर्तिमान बनाउनेछन् । यस्तै मोडरिचले सन् २००६ मै डेब्यु गरेपनि २०१० को संस्करणमा भने क्रोएसिया छनोट नहुँदा खेल्न पाएनन् ।
मेक्सिन गोलकिपर ओचाओले पनि २००६ कै विश्वकपमा स्थान बनाएपनि उनले २००६ र २०१० को दुई विश्वकपमा भने कुनै खेल खेलेनन् । उनले २०१४ देखि २०२२ सम्म लगातार तीन पटक विश्वकप खेलेका थिए ।
अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीले सन् २००६ मा विश्वकपमा डेब्यु गर्दे लगातार पाँच संस्करणमा विश्वकप खेलेका छन् । ३८ वर्षीय मेसीले ५ विश्वकपमा कुल २६ खेल खेलेका छन् र फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान नै आफ्नो नाममा लेखाएका छन् ।
साथै मेस्सीले सन् २०२२ मा कतारमा भएको विश्वकप जित्दै आफ्नो करियरलाई पूर्ण बनाएका छन् भने उनले दुई पटक उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल समेत जितेका छन् ।
२०२२ मा उनले विश्वकप सहित उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए । यस्तै ७ गोल गरेका मेसीले सिल्भर बल जितेका थिए । फ्रान्सका पिलिएन एमबाप्पे (८) भन्दा मेस्सी एक गोलले मात्र पछि परेका थिए ।
यस्तै मेस्सीले विश्वकपमा अहिलेसम्म १३ गोल गरिसकेक
📌 Kaynak
Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →