कुटा बिचको समुद्री छालमा सगरमाथाको छवि

📌 Diğer 📰 Online Khabar (NP) 🕐 10 saat önce

म संवेदनशील छु भन्ने बिल्ला भिरेको छु प्रियजनबाट । आफ्नो कमलो मुटु भएको यथार्थ स्वीकार्न म हिच्किचाउँदिनँ । मलाई कुकुर, सर्प, चोरसँग डर लाग्छ । राति एक्लै घरमा बस्न आँट आउँदैन । अनि, प्लेन चढ्दा एन्जाइटी हुन्छ । मतलब एरोफोयिबा छ मलाई ।

म संवेदनशील छु भन्ने बिल्ला भिरेको छु प्रियजनबाट । आफ्नो कमलो मुटु भएको यथार्थ स्वीकार्न म हिच्किचाउँदिनँ । मलाई कुकुर, सर्प, चोरसँग डर लाग्छ । राति एक्लै घरमा बस्न आँट आउँदैन । अनि, प्लेन चढ्दा एन्जाइटी हुन्छ । मतलब एरोफोयिबा छ मलाई ।

म आफ्नै भूगोलमा रमाउन पाए पुग्ने मान्छे । सानो परिवेशमा पूरै संसारको सुख अनुभूत गर्ने मान्छे । अनि, सधैं आफ्नै परिवारसँग समय बिताउन खोज्ने मान्छे, जहाँ समर्पण लिने र दिने होडबाजी कहिल्यै नटुङ्गियोस् । म त्यही सपनाको शहर सिर्जना गर्न उद्धत मान्छे…।

इन्डोनेसियाको बालीमा हुने तालिममा सहभागिताको लागि प्रस्तावसहित अफिसको मानव संसाधन विभागबाट अपर्झट फोन आयो । सायद यस्तो प्रस्तावमा खुसीले एकै सासमा ‘जान्छु’ भन्ने जवाफ दिनुु पर्ने थियो होला । मेरो स्वभावले मन्जुरी के दिन्थ्यो !

जीवन साथीलाई फोन लगाएँ, ‘अफिसबाट इन्डोनेसिया जाने कुरा आयो । तिमी र छोरी पनि सँगै जाने भए हुन्छ भन्नु पर्‍यो ।’

छोरी र छोरीको बाबासँगै बालीका गल्लीहरूमा घुम्ने, त्यहाँका मन्दिर–मूर्तिहरूसँग साक्षात्कार हुने समुद्री छालहरूसँग इतरिँदै बात मार्ने रहर घनीभूत पार्न मन लाग्यो । कुनै समयमा मेरो हात परेको ‘इन्डोनेसियाका महिलाहरू’ भन्ने किताब एक झमट सम्झिएँ ।

शान्ति र मानवताको लागि इन्डोनेसियामा भएको जेनजी आन्दोलन र नेपालमा भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलन दुवै परिघटना मष्तिस्कमा एकाकार भए । देशको परिवेश परिष्कार गर्ने अभियानमा जेनजी आन्दोलनको बीजारोपण इन्डोनेसियाले गर्‍यो । नेपालमा भएको जेनजी क्रान्तिको क्रममा भलै केही अप्रिय घटना भए तर इतिहासले सम्झिने गरी त्यसको खास अर्थ रह्यो भन्ने लाग्छ ।

अफिसले अप्रिल २४ देखि २७ सम्म ‘इम्बार्किङ अन द डिजिटल पाथ अन्डरस्ट्यान्डिङ द इमर्सिभ इन्भायरोमेन्ट’ विषयक चार दिने तालिमका लागि अफिसले म, गीता दिदी र अरू तीन जना साथीको नाम मनोनीत गर्‍यो ।

प्रविधि सहज जीवनको उपागम हो । नेपालले झन् सक्रियताका साथ प्रविधिको बाटोमा हिँड्नु जरुरी छ जस्तो लाग्छ । यसको लागि तालिमले पक्कै धेरथोर पृष्ठपोषण गर्न सक्छ भन्ने अर्थमा पनि तालिमको विषय सान्दर्भिक लाग्यो ।

पारिवारिक अप्ठ्यारोले छोरी र जीवनसाथीबिना जानुपर्ने टुङ्गो लागेपछि मन ढुङ्गा हुनु मेरो कमजोरीको पाटो भयो । जल्दोबल्दोे विषयमा जानकार हुँदै बालीको सौन्दर्यसँग साक्षात्कार हुन पाउने अवसरलाई सकारात्मक रूपमा नलिने कुरै भएन । मनलाई मनले नै मनाएर इन्डोनेसिया जाने तयारीमा जुटेँ ।

म संवेदनशील छु भन्ने बिल्ला भिरेको छु प्रियजनबाट । आफ्नो कमलो मुटु भएको यथार्थ स्वीकार्न म हिच्किचाउँदिनँ । मलाई कुकुर, सर्प, चोरसँग डर लाग्छ । राति एक्लै घरमा बस्न आँट आउँदैन । अनि, प्लेन चढ्दा एन्जाइटी हुन्छ । मतलब एरोफोयिबा छ मलाई । पुग्नु छ अस्ट्रेलियाको छेउमा ।

आफू परियो काठमाडौंदेखि पोखरासम्म प्लेन चढ्दा पनि आकाश लाग्ने मान्छे, अब परेन फसाद । बरु हिँडेरै पुग्ने भए कति जाति हुन्थ्यो । संसार यति सानो पनि कहाँ छ र ! खैर जे होस् ‘समय बितेर जाने छ, फसाद टरेर जाने छ’ भन्ने मनन गर्न मनलाई बाध्य जस्तै पारेँ ।

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön