व्यवस्थापनको आशामा सुकुमवासी, होल्डिङ सेन्टरमै बानी पर्दै

📌 Diğer 📰 Online Khabar (NP) 🕐 10 saat önce

२३ जेठ, कीर्तिपुर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई अब जीवन नयाँ तरिकाले अघि बढ्छ भन्ने लागेको छ । उनी सधैँ यस्तै त नहोला भनेर अहिले ढुक्क हुन थालेका छन् । होस् पाएदेखि आफू बसेको थापाथलीको बागमती किनारमा हरेक वर्षायाममा हुने त्रासदी उनलाई अहिले पनि याद आउँछ ।…

२३ जेठ, कीर्तिपुर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई अब जीवन नयाँ तरिकाले अघि बढ्छ भन्ने लागेको छ । उनी सधैँ यस्तै त नहोला भनेर अहिले ढुक्क हुन थालेका छन् ।

होस् पाएदेखि आफू बसेको थापाथलीको बागमती किनारमा हरेक वर्षायाममा हुने त्रासदी उनलाई अहिले पनि याद आउँछ । हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो । परिवारसहितको बास त थियो त्यो, तर स्वामित्व भने थिएन ।

बास भएर के गर्नु ? देशका कुनै पनि निकाय वा कानुनले नचिन्ने । पानी, बिजुली बाटो घाटो सबै अनौपचारिक । ढल र फोहरमैला सिधैँ नदीमा । हिँउदभरि उपत्यकावासीको प्रदूषण लिएर बग्ने बागमतीले डम्बरसहितका सुकुमवासीलाई कतिथरी रोग दिएर जान्थ्यो, त्यहाँ बसुञ्जेल कसैलाई पत्तो नहुने । अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ, बागमती किनारको बसाइँले शरीरमा कहाँ कहाँ समस्या पारेको छ ? कति रहेछ रोग भन्ने कुरा ।

सुकुमवासीको सङ्कलित तथ्याङ्कले बताएको छ, खोला किनारको जीवन कत्ति जोखिममा थियो । सेन्टरमा जानुअघि दशरथ रङ्गशालामा ४९७ जनाको स्वास्थ्य परीक्षण गर्दा झण्डै ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह देखिएको थियो । त्यस्तै १६ प्रतिशतमा मांशपेशीसम्बन्धी समस्या, १३ दशमलव पाँच प्रतिशतमा ग्याष्ट्रिक, सात प्रतिशत मानसिक समस्या र श्वासप्रश्वाससम्बन्धी समस्या चार दशमलव पाँच प्रतिशतमा देखिएको थियो ।

सेन्टरमा पुगेपछि प्रायः सबैको स्वास्थ्य परीक्षण भयो र समस्याको अङ्क झन् बढ्यो । तर सेन्टरमा समस्या मात्र उजागर भएको छैन, उपचार पनि सुरु भएको छ र निरन्तर अहिले पनि चलिरहेकै छ ।

चिकित्सकले तथ्याङ्कमा समेटेकामध्ये साढे ३८ प्रतिशतको परिवारका कोही न कोही सदस्यको मृत्यु खोला किनारको बसाइँका क्रममा भएको देखियो । जसमध्ये बाढी र डुबान तथा पुल, सडक र इनारमा भएका दुर्घटनाबाट झण्डै साढे नौ प्रतिशतले ज्यान गुमाए । दम र निमोनियाबाट आठ प्रतिशत र सरसफाइजन्य सरुवा रोग जस्तै क्षयरोग, डेङ्गु र टाइफाइडबाट आठ प्रतिशत मृत्यु भएको पाइयो ।

यसका अधिकांश कारक खोला किनारको जोखिमपूर्ण जीवन थियो । प्रदूषित खानेपानी, फोहर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुमवासीमा लामखुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वाभाविकै हो ।

सुकुमवासी राखिएका छवटै होल्डिङ सेन्टरमा चिकित्सा टोलीको नेतृत्व गर्नुभएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलाका अनुसार मुटुरोग, क्यान्सर र उच्च रक्तचापजस्ता नसर्ने रोगहरुका कारण पनि २८ प्रतिशतको मृत्यु भएको छ ।

अहिले पनि पाटन अस्पताल, प्रसूति गृह, लगनखेलस्थित मानसिक अस्पतालका चिकित्सकसहितको उक्त टोलीले थप परीक्षण र उपचारलाई तीव्रता दिएका छन् ।

त्यसो त होल्डिङ सेन्टरका डम्बरलाई रेटिनाको समस्याले गर्दा मसिनो (सानो) वस्तु देख्न र पढ्न गाह्रो छ । अहिले जत्तिकै नियमित स्वास्थ्य परीक्षण त्यतिबेलै गर्न पाएको भए समस्या त्यति जटिल नहुन पनि सक्थ्यो । सेन्टरमा आ

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön