मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

📌 Diğer 📰 Online Khabar (NP) 🕐 10 saat önce

२३ जेठ, इनरुवा (सुनसरी) । सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा गरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह…

२३ जेठ, इनरुवा (सुनसरी) । सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ ।

त्रियुगा गरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेल प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए ।

दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका-८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

📌 Kaynak

Bu özet Online Khabar (NP) kaynağından otomatik derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
← Tüm haberlere dön